दिनेश घिमिरेको कविताः बिग्रीएको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कौवाहरू विहानैबाट कोलाहल गरिरहेछन्

के को बिबाद हो कुन्नि आपसमा लडिरहेछन्

आफैमा अस्तिवको हो वा श्रेष्ठताको लडाइँ

बिछिप्त  कौवाहरू आवाज ओकलिरहेछन्

कोकोहोलो  द्दन्द्द आफैमा दिन बिगार्ने गरि। 

काला र खैरा कौवाहरू विभक्त देखिन्छन

आफै बिचमा बिभाजन भएकि झैं जस्तो

एक समुह बासको झाङलाई आफ्नो मान्छन

अर्को समुहमा हुने हाम्रो हो भन्दै दाबि गर्छन्

आफु आफैमा लुछाँचुडि टोकाटोक गर्छन

बेस्कन आबाज ओकलिरहेछन् आफै बिच

कोकोहोलो द्दन्द्द आफैमा दिन बिगार्ने गरि। 

अकस्मात् झाङमा केहि झरेको आवाजले

सबै कौवाहरू आकासको शुन्यतामा उडछन्

हार गुहार गर्छन्  बंशमा आक्रमण भयो

सबै लाग बंश बचाउन कौवाहरू कराउछन

हठात कौवाहरूको एक बंशको अन्त हुन्छ

सबै कौवाहरू बंशगत धारणाहरु राख्छन

बिधिगत काम गर्छन् कराउछन् चिच्याँउछन्

आबाज ओकलिरहेछन्  दिन बिगार्ने गरि। 

पुनः बासको झाङमा स्वामित्वको लडाइँमा

कौवाहरू बंशगत धारणाहरुमा कराउछन्

यो मेरो हुनुपर्छ यो हाम्रो हुनुपर्छ द्दन्द्द छ

आफु आफ्नैहरू संग कहिल्यै नसकिने

क्रमागत सोचहरूमा कहिले खुशी दुखित

सोचहरूमा कौवाहरू आफैमा खिइरहेछन्

आवाज ओकलिरहेछन् दिन बिगार्ने गरि।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।