थप १० हजार २५४ जनामा कोरोना पुष्टी, संक्रिय संक्रमितको संख्या ७२ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४  जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जना र ५७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २०४२ गरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४ हजार ७९६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १६ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।