खोप कार्ड हराएमा के गर्ने ? यस्ता छन् प्रतिलिपि पाउने तीन तरिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आउँदो ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

खोप कार्ड अनिवार्य गरेसँगै केही व्यक्तिलाई समस्या भएको छ। किनकि, उनीहरुको खोप कार्ड हराइसकेको छ। त्यसो भए अब खोप कार्डको नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ।

पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ। त्यसैले अब खोप कार्ड हराए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ।

मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ ।

दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।

जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि दिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।

मन्त्रालयले यही माघ २ गतेबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।