काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्यो, आज ३९३९ संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनघनत्व बढी भएको काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार कोरोना भाइरसका ३९३९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९४३ जना, ललितपुर जिल्लामा ७९५ जना र भक्तपुर जिल्लामा  २०१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन् । आधाभन्दा बढी संक्रमित काठमाडौ उपत्यकामा मात्र थपिएको मन्त्रालयले जनाएको छ । केही दिनयता देशभर संक्रमित हुने दर बढ्न थाले देखिनै काठमाडौंमा सबैभन्दा बढी संक्रमण पुष्टि हुँदै आएको छ । 

देशभर सोमबार ६७३४ जनामा संक्रमण पुष्टि भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।