राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले सरकार गठनको ६ महिना पुगेका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। 

प्रधानमन्त्री देउवाले दुई–तीन दिनमा राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनले भने, ‘तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन।’ प्रधानमन्त्री नियुक्ति भएपछि  देउवाले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। 

सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेको स्वकीय सचिव देउवाले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।