काठमाडौँ । सिद्धार्थ बैंकको २०औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
उक्त सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतको नगद लाभांश पारित भएको हो ।
बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपियाँ छ भने बोनस पछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपियाँ पुग्ने छ ।
बैंकले हाल १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ्ग, १,८९० पि ओ एस् मार्फत देशभर आफ्नो सञ्जाल विस्तार गरेको जनाएको छ ।
Comment