काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार परीक्षण गर्दा आफूलाई कोभिड–१९ संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिएका छन्।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले फेसबुकमार्फत् जनाएका छन् ।
उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन् । यसअघि शुक्रबार एमालेकै महासचिव शंकर पोखरेललाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
Comment