नुवाकोटमा चिकित्सक मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक चिकित्सक बुधबार बिहान मृत भेटिएका छन् । 

२६ वर्षीय दन्त चिकित्सक शशांक पाण्डे नुवाकोटस्थित ढुंगेमा मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनको शव सडकमा भेटिएको पुष्टि गरेको छ । मृत्युको कारण खुलेको छैन । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

मृतक पाण्डे नुवाकोटका स्थानीय हुन् । उनी सदरमुकमामको सञ्जीवनी पोलीक्लिनिक एण्ड हस्पिटलमा कार्यरत थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।