साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई १९ लाख रुपैयाँ बराबरको भ्रष्ट्राचारको मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका कर्मचारीमाथि झण्डै १९ लाख रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

कर्पोरेशनको सल्यानस्थित मल विक्री केन्द्रमा कार्यरत तत्कालीन जुनियर सहयक पदका विजय कुमार पासवानलाई आयोगले १८ लाख ७३ हजार ६ सय ६४ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

पासवाननले आफ्नो जिम्मामा मौज्दाज रहेको रसायनिक मल कम्पनीको आधिकारिक खातामा रकम दाखिला गरेपछि मल डेलिभरी गर्नुपर्ने थियो । तर, उनले आफूखुशी आफ्नो व्यक्तिगत खातामा उक्त रकम जम्मा गराएका थिए। 

उक्त रकम बराबरको रसायनिक मल हिनामिना गरेको पुष्टि भएपछि आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भूष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुुद्दा दायर गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।