धादिङको रुवी भ्यालीमा पहिरो, डोजरसहित तीन बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।

रुबी भ्याली गाउँपालिका वडा नं १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिएको हो।

वडा नम्बर १ को पुरु पुरुमा पहिरो गएको प्रहरीले बताएको छ। घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए।

बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए। घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकीबाट चार घण्टाको पैदल दूरीमा पर्दछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।