सिन्धु विकास बैंकको सीइओमा रामकुमार गिरी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामकुमार गिरी नियुक्त गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि गिरीलाई सीइओ नियुक्त गरेको हो । उनीसँग २ दशक लामो बैंकिङ अनुभव रहेको छ।

यसअघि गिरीले सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।

नेपाल बंगलादेश बैंक, सनराइज बैंकलगायत बैंकिङ अनुभव बटुलेका गिरीले यसअघि कम्युनिटी डेभलपमेन्ट बैंकमा सीईओ तथा एक्सेल डेभलपमेन्ट बैंकमा नायब सीईओ भई काम गरिसकेका छन्।

आगामी दिनमा गिरीको योग्यता तथा कार्यानुभवले सिन्धु विकास बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा बैंकले लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।