पृथ्वीजयन्तीमा राष्ट्रपति व्यस्त, रामशाहपथको शालिकमा माल्यार्पण गरेर दहचोक जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ३०० औं पृथ्वी जयन्तीका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सरिक हुने भएकी छन् । भण्डारी विभिन्न कार्यक्रममा सरिक हुने भएपछि राष्ट्रपति कार्यालयले उनको सुरक्षा प्रबन्ध मिलाइदिने गृह मन्त्रालयलाई पत्राचार गरेको छ । 

शीतलनिवासका अनुसार, राष्ट्रपति भण्डारीले मंगलबार रामशाहपथस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा छ । त्यसका लागि बिहान १०ः४५ को समय तय गरिएको छ । 

राष्ट्रपति भण्डारी त्यहाँबाट दहचोक जाने छिन् । त्यहाँ उनले सुरुमा कालु पाण्डेको समाधिस्थलमा रहेको कालु पाण्डेको शालिकमा माल्र्यापण गर्ने र त्यसपछि आयोजित कार्यक्रममा सरिक हुने राष्ट्रपति कार्यालयले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।