वाणिज्य बैंकहरूमा निक्षेप एक सातामै ५९ अर्ब रुपैयाँ बढ्यो, सीडी रेसियो ९० प्रतिशतबाट ओर्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै वाणिज्य बैंकहरुमा ऋण विस्तार रोकिन थालेको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पुस चौथो सातासम्मको तथ्यांकले ऋण विस्तार नियन्त्रणमा आएको देखाएको हो ।

निक्षेप संकलन दिनप्रतिदिन बढीरहेको छ । जसका कारण बैंकहरुको औसत सीडी रेसियो पनि सहज बन्द गएको छ।

तथ्यांकअनुसार पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह ८ अर्ब रहेको छ ।

पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।

पुस १६ गतेसम्म ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले पुस २३ गतेसम्म ४१ खर्ब ८ अर्ब रुपैयाँ गरेका छन् ।

निक्षेपमा सुधार आएसँगै बैंकहरुको औसत सीडी रेसियोमा ९० प्रतिशत मुनि झरेको छ। गत पुस १६ गतेसम्म औसत सीडी रेसियो ९०.७६ प्रतिशत रहेकोमा पुस २३ गतेसम्म घटेर ८९.६८ प्रतिशतमा झरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।