गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो,बीउमा समेत भारतकै भर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं।

सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

नेपालको हावापानी गहुँ उत्पादनको लागि उत्तम भएपनि गहुँको बीउमा समेत नेपाल आत्मनिर्भर छैन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुुसार नेपाल गहुँको बीउका लागि भारत र मेक्सिकोको भर पर्नु परेको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/०७८ मा भारतबाट १४ लाख ८९ हजार ४ सय केजी र मेक्सिकोबाट ३ सय ४१ केजी गहुँको बीउ नेपाल भित्रिएको छ ।

गत वर्ष भारतबाट मात्रै ३८ करोड ६७ लाख ८९ हजार १ सय ३७ केजी गहुँ नेपाल भित्रिएको छ । जसका लागि ११ अर्ब ९२ करोड ८५ लाख २३ हजार ७ सय ९९ रुपैयाँ खर्च भएको छ ।

तथ्यांक अनुसार एक वर्षमा २ लाख ६१ लाख ३ हजार २ सय २६ रुपैयाँ बराबर गहुँको पीठो आयात भएको छ ।

नेपालमा उत्पादन बढे पनि नेपालमा गहुँको आयात भने रोक्न सकिएको छैन । तराईमा उत्पादित गहुँले त्यहीँको जनसंख्यालाई धान्न धौ–धौ पर्ने र पहाडी क्षेत्रको उत्पादन कम हुनाले पनि परनिर्भर हुनु परेको हो ।

बिउ र उपभोगका लागि नेपालले ४ लाख २५ हजार ४ सय १७ मेट्रिक टन गहुँ विभिन्न देशहरूबाट आयात भएको छ ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयको पछिल्लो तथ्यांकले नेपाल गहुँमा आत्मनिर्भर बन्नका लागि हाल आयात भइरहेको परिमाणको गहुँ उत्पादन गर्नुपर्ने देखिन्छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।