सार्वजनिक स्थलमा प्रवेश गर्दा र हवाई उडानमा कोरोना बिरुद्धको खोप कार्ड अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाइने भएको छ ।

देशभर कोरोना संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले खोप कार्ड नहुनेलाई सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो। त्यस्तै आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ ।

यस्तै कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।

उक्त निर्णय मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।