भारी हिमपातमा परि पाकिस्तानमा २२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ। राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा २२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन्। मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरूका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत रहेका बताइएको छ।

हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ।

गृहमन्त्री शेख रशिदका अनुसार उक्त क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरू भ्रमण गर्दा संकट निम्तिएको हो। बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।