काठमाडौं । नेकपा एमालेका १६ जिल्लामा आज तोकिएको जिल्ला अधिवेशन स्थगन भएको छ ।
आन्तरिक तयारी नपुगेको र मौसम प्रतिकूल कारक बनेको भन्दै १६ जिल्लाको अधिवेशन स्थगित भएको हो । अन्य ६० भन्दा बढी जिल्लामा भने आज अधिवेशन हुँदैछ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनपछि जिल्ला अधिवेशन हुन लागेको हो । अधिवेशनले जिल्लामा नयाँ नेतृत्व चयन गर्नेछ ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थगित भएका जिल्लाहरूमा कतै मौसम प्रतिकूल रहेको र कतै आन्तरिक तयारी पुगको छैन ।
Comment