काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजीएस ‘रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली शनिवार पनि चालू रहने भएको छ ।
राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै आरटिजीएस प्रणाली भोलि (शनिवार) बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालनमा रहने बताएको हो ।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालू रहने भएको हो ।
Comment