ओमिक्रोन बढेपछि बस्यो सीसीएमसीको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।

बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

पछिल्लोसमय तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमित नेपालमा पनि बढ्न थालेका छन् । बैठक यसै  विषयमा केन्द्रीय रहेको बताइएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले विज्ञप्ति जारी गर्दै १४ सय २६ जनाको जिन सिक्वेन्सिङ गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।