काठमाडौंमा युवा–युवती मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा एक युवा र एक युवती मृत फेला परेका छन् । 

कपनको फैकास्थित राधाकृत मन्दिर नजिकैको एक घरमा २५ वर्षीय अनिस जिमी र युसुना राई मृत फेला परेका हुन् । 

प्रहरी वृत्त बौद्धले एकै घरमा डेरा गरी बस्दै आएका जिमी र राई मृत भेटिएको पुष्टि गरेको छ । 

शरीरमा धारिलो हतियारको चोट देखिएकाले प्रहरीले हत्याको आशंका गरेको छ । 

प्रहरीका अनुसार, संखुवासभाका जिमी र खोटाङकी राईसँगै डेरामा बस्दै आइरहेका थिए । 

प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।