प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जान लाग्नु भएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । जसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जान लाग्नु भएको थियो ।

कोरोना भाइसरको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भाइब्रेन्ट गुजरात समिट स्थगित भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उक्त समिट भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म हुने तय भएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीले जनवरी ९ तारेखदेखि भारत भ्रमणमा जाने निधो गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।