पाँचथरमा आगलागी, तीन घर र ६ पसल जलेर नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर ।  फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा गएराति आगलागी हुँदा तीन घर जलेका छन्।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलिएको थियो। त्यसपछि रामजीत राई र मनबहादुर राईको घर पनि जलेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ।

आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए। आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो।

बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो। विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।