एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पुष २३, २०७१ सालदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ यहि पौष २२ गते परिपक्व हुन लागेको छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि. व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।

यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई रु १७.७१ सम्म कारोबार भएको थियो ।

एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।