काठमाडौं । ३३ किलो सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती पक्राउ परेका छन् ।
उनलाई आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले एक्ट प्रो नेपाललाई जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।
मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।
Comment