स्थानीय तहमाको संञ्चित कोषमा रहेको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमाको संञ्चित कोषमा भएको मौज्दात रकमको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। सोमबार केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै उक्त व्यवस्था भोली मंगलबारदेखि नै लागु हुने भएको हो।

अर्थ मन्त्रालयले केहि दिन अघि स्थानीय तहमा जाने रकमको ८० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न केन्द्रीय बैंकलाई पत्र काटेको थियो। सोहि अनुसार केन्द्रीय बेंकले असर मशान्तसम्मको लागि ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको हो।

केन्द्रीय बैंकले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुमा नै रहने र २० प्रतिशत रकम मात्र केन्द्रीय बैंकमा जम्मा हुनेगरी प्रतिवेदन पेश गर्न भनेको छ।

यो रकम आयात र व्यापारिक क्षेत्र बाहेक उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेछ। यसले पछिल्लो समय बैंकहरुमा देखिएको तरलताको अभाव हटाउन मद्दत पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।