गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने दावाले मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अमेरिकामा गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । उनले शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । 

राजेशले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताएका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ उनले फेसबुकमा लेखेका छन्। 

साथै, राजेशले आगामी दिनमा दावा शेर्पालाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन् ।  

शनिबार अमेरिकामा नयाँ वर्ष २०२२ को स्वागत कार्यक्रममा गीत गाइरहेका बेला राईमाथि शेर्पाले हातपातको प्रयास गरेका थिए । राजेशलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल पनि भएको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।