राष्ट्रियसभा निर्वाचन: गठबन्धनले टुंग्यायो राष्ट्रिय सभाको भागबण्डा, कसलाई कति सिट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रियसभाका १९ सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छ।

सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले कुन पार्टीले कति सिट पाउने भनी भागबण्डा लगाएका हुन् ।

स्रोतका अनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो ४ सहित थप एक पाउने सहमति बनेको छ। एक सिट दिने निर्णय भएको छ ।

आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन् ।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने भएका हुन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।