काठमाडौं । टिकापुर घटनाका दोषी निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ पार्टी दर्ता गराएका छन्।
डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरीले सोमबार(आज) निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।
‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि चौधरी झाँकी र र्यालीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका हुन्।
चौधरी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीका तर्फबाट सांसदमा निर्वाचित भएका थिए । टिकापुर घटनामा दोषी ठहर भएका उनले मधेशवादी दलले आफ्नो मुद्दाको सम्बोधन नगरेको भन्दै नयाँ पार्टी खोलेका हुन् ।
Comment