बेरोजगार हुनुहुन्छ? सरकारले दिँदै छ निःशुल्क तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जागिर खान अनुभव, वैदेशिक रोजगारीमा जान सीप वा आफैं कुनै व्यवसाय थालनी गर्न लगानी छैन्?

यदि यस्तै समस्या छ भने तँपाई जस्तैलाई लक्षित गरेर अब सरकारले नि:शुल्क  सीप तथा रोजगारमुलक तालिम दिने भएको छ।

श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले अनुभव, सीप वा लगानीको अभावमा वेरोजगार भएर बसेका युवालाई लक्षित गरेर व्यवसायिक तालिम प्रदान गर्ने भएको हो।

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले विभिन्न ५ प्राविधिक विषयमा निःशुल्क सीपमूलक तालिम दिने भएको छ।

निःशुल्क तालिम दिन लागिएका विषयमा अटोमेकानिक्स, मोटरसाइकल मर्मत, इलेक्ट्रिकल, ब्युटिसियन र सिलाइ कटाइ छन् । 

८ कक्षा उत्तीर्णले यो तालिम लिनसक्ने प्रतिष्ठानले जनाएको छ। 

भैंसेपाटीस्थित कार्यालयमा सञ्चालन हुने तालिममा सहभागी हुन इच्छुकसँग प्रतिष्ठानले आवेदन माग गरेको छ। त्यसका लागि सोमबारदेखि २१ दिनको समय दिइएको छ। आवेदन प्रतिष्ठानको वेबसाइटबाट डाउनलोड गरी बुझाउन सकिने प्रतिष्ठानले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।