माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारीको टुंगो लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठक आज बस्दै छ । 

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। 

बैठकले पदाधिकारी चयन गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए, जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।