नेपालमा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ ।

शुक्रबार २०९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ५ हजार ९६२ पीसीआर तथा १ हजार ६६९ एन्टिजेन परीक्षण भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।