एमसीसीविरुद्ध २२ दलीय मोर्चाको विरोध प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गर्दै आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले ‘जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । 

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताए । नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनको भनाइ छ । छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उनले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिए । s

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।