कांग्रेसको केन्द्रीय सदस्यमा प्रदिप, कल्याण र जीबन शाही थपिए,अझै परेनन् मीनेद्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यसअघि सभापति देउवाले १० जनालाई मनोनीत गरेका थिए । देउवाले आफूनिकट नेताहरूलाई मात्रै मनाेनीत गरेकाे भन्दै आलाेचना शुरू भएकाे छ । नेता अर्जुनरसिंह केसीले मीनेन्द्रप्रसाद रिजाललगायतका नेताहरूलाई मनाेनीत गर्नुपर्ने माग गरेका छन् ।

१३ जना मनाेनीत भइसक्दासमेत नेता रिजाललगायतका नेताहरूकाे नाम आएकाे छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।