नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा भर्ना खुल्यो,यसरी दिनुहोस् अनलाइनबाट आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपाली सेनाले अधिकृत तह (सेकेण्ड लेफ्टिनेन्ट) मा नयाँ भर्ना खुलाएको छ । सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालय जंगी अड्डाले २२९ जनाका लागि नयाँ भर्ना खोलेको हो ।

अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् । बाँकी आरक्षित वर्ग र क्षेत्रका लागि हुने जंगी अड्डाले जनाएको छ । नयाँ माग अनुसार १२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी, २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट माग गरिएको छ।

दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ।

आवेदन फाराम सेनाको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने जनाइएको छ। यसका लागि प्रमाणपत्र वा स्नातक तह वा सो सहर उर्तिण गरेको हुनुपर्ने छ।

आवेदनकर्ताको हकमा १८ वर्ष पुरा भई २१ ननाघेको तथा स्नातक वा सो सरह योग्यता भएकाको हकमा १८ वर्ष पुरा भई २४ ननाघेको हुनुपर्ने छ।

 सबै आवेदनकर्ताले खुलातर्फ अनिवार्यरुपले फाराम भर्नुपर्ने र सो बापत एक हजार रुपैयाँ दस्तुर लाग्ने छ।

यदि कुनै आवेदनकर्ताले समावेशी तर्फ समेत फाराम भर्न चाहेमा सो वापत प्रत्येक समूहका लागि थप २० प्रतिशतका दरले दस्तुर लाग्ने बताइएको छ।

जंगी अड्डा भद्रकाली, मध्य पृतथा हेडक्वाटर सुपारेटार हेटौंडा, उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे सुर्खेत, पूर्वी पृतना हेडक्वाटर इटहरी, पश्चिम पृतना हेडक्वाटर पोखरा, सुदुर पश्चिम पृतना हेडक्वाटर राजपुर दिपायलमा आवेदन बुझाउन सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।