राष्ट्र बैंककाे नयाँ निर्देशन : भन्सार कार्यालयको राजस्व पनि विद्युतीय माध्यमबाट तिर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भन्सार कार्यालयको राजस्व पनि विद्युतीय माध्यमबाट तिर्नुपर्ने भएकाे छ ।

राष्ट्र बैंकले शुक्रबार विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै विद्युतीय माध्यमबाट राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयले विद्युतीय माध्यमबाटै राजस्व लिनुपर्ने निर्देशन दिएकाे हाे ।

तर भन्सारमा धरौटी रकम भने चेकमा पनि स्वीकार गर्न सकिने निर्देशनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुलाई परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयले विद्युतीय माध्यमबाटै राजस्व लिनुपर्ने उल्लेख गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।