सप्तरंग–३ का कलाकारद्वारा पोखरामा टीभीएस रेडर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लिले, पोखरा स्थित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । 

कम्पनीले आफ्नो एक्स्क्लयूजिव शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । 

उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

 यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।