नेपाल बैंक लिमिटेडद्वारा नेपाल बैंक लिमिटेड छत्रमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्ने बबिता ग्वाछालाई सम्मान गरेको छ । 

ग्वाछाले त्रिवि व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरी उक्त पदक पाएकी हुन् ।

भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनर बबिता ग्वाछालाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए ।

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ ।

नेपाल बैंक लिमिटेड,प्रधान कार्यालय,धर्मपथ, काठमाडौंमा २०७८ पुस १४ गते आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको नाममा स्थापित छत्रमान सिंह के.सी. स्वर्ण पदकप्राप्त गरेकोमा पदक विजेता बबिता ग्वाछालाई बधाई दिदै सम्मान गरेका हुन् । 

भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त  गरे । 

कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विधार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको  बताए । 

कार्यक्रममा पदक विजेता विद्यार्थी बविता ग्वाछाले नेपाल बैंक लिमिटेडकोे नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक प्रतिहार्दिक आभार व्यक्त गरेकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।