लागुऔषध मुद्दामा पक्राउ परे र्‍यापर ‘लाहुरे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चर्चित र्‍यापर आशिष राना उर्फ लाउरे पक्राउ परेका छन्। 

उनी बुधबार साँझ पोखराबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार पोखराको न्यूरोडबाट लाउरेलाई पक्राउ गरिएको हो। 

रानालाई लागूऔषधको मुद्दामा पक्राउ गरिएको प्रवक्ता  डिएसपी तिवारीले जानकारी दिए।

जिल्ला अदालत कास्कीबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाउने तयारीमा प्रहरी रहेपनि आज सार्वजनिक बिदा भएका कारण सम्भव नभएको र म्याद थपका लागि भोलिमात्रै अदालत लगिने डिएसपी तिवारीले जानकारी दिए।

लाहुरे रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।