विदेशी मुद्रा सटहीमा थप कडाइ,अब विदेश घुम्न जान वर्षमा दुई पटक मात्रै डलर साट्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको छ ।

नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको हो।

नयाँ व्यवस्था अनुसार भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपालीहरुले प्रतिराहदानीबाट वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटहीको सुविधा पाउनेछन् ।

नेपाल नागरिकहरुले राहदानीबापत प्रतिपटक १५०० अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सहटी सुविधा पाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयं उपस्थित हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।