अवसरवादीहरू पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका छन् : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्ने दुस्साहस नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्।

आफूले ओलीलाई आगोसँग नखेल्न भनेको स्मरण गर्दै प्रचण्डले थपे, ‘के भयो आगोसँग खेल्दारु बालुवाटारबाट बालकोट पुगियो, ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट् भयो।’

अध्यक्ष प्रचण्डले एमालेसँगको एकता जोगाउने आफूहरुको चहाना हुँदाहुँदै पनि जोगाउन नसकिएको बताए । सही राजनीति र विचारले एकता अघि बढोस् भन्ने थियो।

तर एकतालाई सफल हुन दिएनन्’, उनले भने, ‘तर हामी फेरि एकता प्रक्रियामा अघि बढेका छौँ । अहिले तपाईंहरुसँग एकता भयो । यसैगरी माओवादी अब बलियो हुँदै जानेछ ।’

दाहालले अबको चुनावमा को विजयी हुने भन्ने जनताले देखाइदिने पनि बताए । अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको बताउँदै अध्यक्ष प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए ।

नेकपा एमालेले पार्टी प्रवेशका नाममा गाउँगाउँमा सिला खोज्दै हिँडेको टिप्पणी गरे । ‘अवसरवादीहरू अहिले पार्टी प्रवेशका नाममा गाउँगाउँमा सिला खोज्दै हिँडेका छन्’, प्रचण्डले भने, ‘म अहिले धेरै त भन्दिनँ, सुनारको सय चोट लोहारको एकै चोट। आज हामीले लोहारको चोट हान्यौँ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।