बेसारमै हामी परनिर्भर,५ महिनामै १४ करोडको आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ ।

नेपालका केही उच्च हिमाली बाहेक प्रायः जिल्लाका धेरै–थोरै स्थानमा बेसार खेती हुने सरकारी तथ्यांक छ ।

नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालु आर्थिक वर्षको ५ महिनामा १४ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।

भन्सार विभागले तथ्यांक अनुसार नेपालले चालू आर्थिक वर्षको मंसिरमसान्त सम्म भान्सामा प्रयोग हुने यस्ता सुख्खा मसलाको आयातमात्र ४ अर्ब बढीको रहेको छ । जसमा १४ करोड रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको हो ।

नेपालीले खाने बेसार अधिकाशं नेपालमै उत्पादन हुने भएपनि भारत, इथियोपिया, पाकिस्तान र म्यानमारबाट बेसार आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

मुख्यतः मसला बालीका रूपमा प्रयोग हुने बेसार खाद्य रङका रूपमा उपयोग गरिन्छ । विभिन्न सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि यसको प्रयोग उच्च छ ।

भान्छामा खपत हुने बेसारको माग कति छ भनेर सरकार अनभिज्ञ देखिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार स्वदेशमा उत्पादन र बाहिरी मुलुकबाट आयात परिमाणलाई जोडेर निस्किने योगफल नै माग हो।

उक्त अवधिमा ४० करोड रुपैयाँको धनियाँ मात्र आयात भएको छ।

सबैभन्दा धेरै आयात हुने मसलनामा जिरा रहेको छ। यो वर्षको पाँच महिनामा १ अर्ब १० करोड रुपैयाँको जिरा आयात भएको छ।

नेपालमा अधिकांस जिरा भारतबाट आउँछ। भारत बाहेक युरोपियन मुलुकबाट पनि जिरा आयात हुन्छ। ७ करोड रुपैयाँको अदुवा आयात भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।