चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे कारण पेश गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइ बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।