कांग्रेसको १४ औं महाधिवेशन: दलित खुला र महिलामा को-को भए विजयी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलित खुलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ।

५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन्।

दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन्।

निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुन्।

यस्तै दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ। दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन्।

लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।