तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीको पहुँच बाहिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ कात्तिक मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६७ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ६ सय ८३ वटा पुगेको छ । गत असार मसान्तसम्म शाखा संख्या ९ हजार ७ सय ६५ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

कात्तिकसम्म वाणिज्य बैंकको शाखासंख्या ४८४३ रहेको छ । विकास बैंकको १०४९ वित्त कम्पनीको २४४ र लघुवित्त वित्तीय संस्थाको ४९५१शाखा रहेका छन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ कात्तिक मसान्तसम्म कुल २३७ बैंक तथा वित्तीय संस्थाहरु मर्जररप्राप्ति प्रक्रियामा सामेल भएका छन्।

यसमध्ये १७६ संस्थाहरुको इजाजत खारेज हुन गई ६१ संस्था कायम भएका छन्।

तीन पालिकामा अझै पुगेन बैंक

देशका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिक मसान्तसम्ममा देशका ३ स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । अघिल्लो वर्षको सोही अवधिसम्म देशका ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेन ।

राष्ट्र बैंकका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् भने वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरएक पालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ ।

वाग्मती प्रदेशको धादिङको रुवी भ्याली गाउँपालिका, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिममा बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।