‘मिस वर्ल्ड २०२१’ को ग्राण्ड फिनाले स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज हुने भनिएको मिस वर्ल्ड २०२१ को ग्राण्ड फिनाले स्थगित भएको छ ।

प्रतियोगितामा सहभागी र केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि फिनाले केही समयका लागि स्थगित गरेको आयोजकले जनाएको छ । 

आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा १७ जनामा संक्रमण थप पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको थियो। 

आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र पुनः कार्यक्रम गर्न सकिने जनाइएको छ।

प्रतियोगितामा सहभागीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने आयोजकले जनाएको छ । नेपालबाट नम्रता श्रेष्ठले प्रतियोगितामा सहभागिता जनाएकी छिन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।