देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्।

देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गरी सभापतिमा विजयी भएका हुन्।

कूल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त  गरे भने कोइरालाले १८५५ मत ल्याए। ३५ मत बदर भएको छ।

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाले दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए।

पहिलो चरणमा तेस्रो, चौथो र पाँचौ स्थानमा आएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।