संसद् बाहिर एमसीसीको विरोधमा प्रदर्शन, प्रहरीकाे हस्तक्षेप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट संसदको १०औं अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

मंगलबारबाट सुरु भएको १०औं महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

संसद् बाहिर भने अमेरिकी सहयोग  मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । एमसीसी संसदबाट पारित नगर्न भन्दै माओवादी केन्द्र निकट कार्यकर्ताले  विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।