देउवालाई मतदान गर्न ४५ मिनेट लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन्। उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए। 

मतपत्र लिएर बुथभित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए। उनलाई मत हाल्न पौने घन्टा लागेको थियो।

नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ। मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ। मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनु पर्नेछ। प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।