काठमाडौ । काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर विक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा बिशेष अपरेसन सञ्चालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र विक्री बितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमा रौतहट जिल्ला चन्द्रपुर नपा – ९ घर भएका नर कुमार पुडासैनी, जुम्ला जिल्ला सिंन्जा गाउँपालिका- ६ घर भएका पुन्दलाल बुढा,बारा जिल्ला महागढिमाई नपा ४ वस्ने रन्जित प्रसाद गुप्ता रहेका छन् ।
यसैगरी रौतहट जिल्ला गुजरा नपा- २ वस्ने ज्ञानेन्द्र चौधरी, रविकुमार कुश्वाहा, उदयपुर जिल्ला रतुवामाई – १ घर भएका कमल बहादुर वस्नेत र काठमाडौ जिल्ला मैतिनगर वसने सन्तोष महर्जन रहेका छन् ।
पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ।
Comment