हलचोक आकाश भैरवको मूर्ति चोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको हलचोकस्थित आकाश भैरवको मूर्ति चोरी भएको छ। सोमबार राति मूर्ति चोरी भएको हलचोक आकाश भैरव गुठीका प्रमुख सागर पटुवारले बताए । 

‘मूर्ति चोरी भएको जानकारी राती १ बजेमात्र पायौं, पुलिसलाई खबर गरेका छौं’ उनले भने ।  

दिउँसो नै मास्क लगाएर हिड्दा कसैलाई चिन्न सकिन्न रातमा को आए गए भन्ने थाहा नहुँदा अनुमान लगाउन समेत नसकिएको पुटुवार बताउँछन् ।  ’

इन्द्रजात्राको एक महत्वपूर्ण हिस्सा हुन्, हलचोक आकाश भैरव । मूर्ति चोरी भएसँगै हलचोक क्षेत्रमा सुरक्षा तथा आवतजावतमा कडाइ गरिएको छ । मूर्ति चोरीमा विषय थप अनुसन्धान तथा विवरण आउन बाँकी छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।